आज वाहब रियाजले ३ विकेट लिए भारतका भेनकटेश प्रसादको रेकर्ड तोड्ने

आज भारत र पाकिस्तान फेरि वर्ल्डकप २०१९ मा आमने सामने हुदै छ। आजसम्म भारत र पाकिस्तान बीच वर्ल्डकपमा ६ चोटी भिडन्त भैसकेको छ जसमा ६ खेल नै भारतले जितेको छ।

आज पाकिस्तान वर्ल्डकपमा भारत बिरुद्ध पहिलो जित निकालेर इतिहास रच्ने दाउमा छ भने भारत जितको संख्या ७ पुर्याउने ध्यानमा रहेको छ।

भारत र पाकिस्तानको वर्ल्डकप भिडन्तमा सर्वाधिक विकेट लिने बलर भारतका भेनकटेश प्रसाद हुन्। उनको नाममा ८ विकेट रहेको छ भने दोस्रो स्थानमा जे श्रीनाथ छन् जसको नाममा ७ विकेट रहेको छ।

पाकिस्तानका वाहब रियाज जो अहिले पनि पाकिस्तानक एक मुख्य बलर हुन् उनको नाममा पनि ६ विकेट सहित तेस्रो स्थानमा रहेका छन्।

उनलाई आजको खेल महत्वपुर्ण रहनेछ किनकी उनले ३ विकेट लिए भारतका भेनकटेश प्रसादको रेकर्ड तोड्ने छन्। वर्ल्डकपमा आज सम्म हराउन नसेको पाकिस्तानले आजको खेलमा वाहब रियाज बाट महत्वपुर्ण अपेक्षा गरिरहेको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *