बिराट कोहलीले जिते सबैको मन

हिजो भएको खेलमा भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको थियो। यस जित संगै भारतले आफ्नो स्थान सेमीफाईनलमा सुरक्षित गरेको छ।

हिजो भएको खेलमा भारतको समर्थन गर्न ८४ बर्षिया चारुलता पटेल पनि मैदान पुगेका थिए।

यस्तो उमेरमा मैदानमा भारतको समर्थन गर्न पुगेकी ८४ बर्षिया चारुलता पटेलको फोटो र भिडियो सोसल मिडियामा भाइरल भएको थियो । खेल सकिए पश्चात भारतका कप्तान विराट कोहली उनीलाई भेट्न गएका थिए ।

८४ बर्षिया चारुलता पटेलसंग भारतका कप्तान विराट कोहलीले केही बेर कुराकानी गरे र आर्शिवाद पनि लिएका थिए । विराट कोहोलीसँगै अर्का खेलाडी रोहित शर्मा भेट्न गएका थिए।

बिराट कोहोलीको ८४ बर्षिया चारुलता पटेलसंग भएको भेटको फोटो र भिडियो सोसल मिडिया भरी भाइरल भएको छ ।

भाइरल भएसँगै सबैजनाले बिराट कोहोलीको खुलेर प्रशंसा गरेका छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *